18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिलिप आचार्य November 28, 2009, 3:50 am

गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ

नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।

प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा

थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।

औंशीको रातमा' नि उज्यालो छ झलझली

थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।

त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी

जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।

न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको

उनलाई पाउन 'दिलीप' आफै दिलीपबाट झर्न सक्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।