धेरै–धेरै, सुत्यौ युवा, उठ्नु पर्छ अब ।
फूट्दा–फूट्दा, क्षीण भयौं, जुट्नुपर्छ अब ।।
चुस्नु चुसे, ब्वाँसाहरु, मिली देशलाई आज ।
हातमा मुङग्रा ,लिई तिन्लाई, कुट्नुपर्छ अब ।।
ब्वाँसाहरु, धुर्त हुन्छन, शब्दजालले बेर्छन ।
जोडले तानौ, कुटील जालो, चुट्नुपर्छ अब ।।
धैर्य–धैर्य, भन्छन तिनले, फकाउन हाम्लाई ।
धैर्यताको, त्यो ‘झूर’ बाँध, फुट्नुपर्छ अब ।।
यो देश भयो, हाँडी जस्तै, धेरै भुटिइयौ हामी ।
त्यै हाँडीमा, यिन्लाई राखि, भुट्नुपर्छ अब ।।