भोलिको चोट आज, सहेको राम्रो
बीचमा अलि दुरी, भएको राम्रो ।
सिमाना भन्छ लौन टालन आजै
देखिन्छ कहाँ गाग्रो, चुहेको राम्रो ।
बाँधेर हात कस्ले भेटायो लक्ष्य
नजमी सधैं नदी, बहेको राम्रो ।
नहोस श्राप कुनै आमाको यस्तो
जिउँदै मर्नु भन्दा, तुहेको राम्रो ।
सम्झेर लेखनाथ दिनेश झस्क्यो
फलेको बृक्ष ओहो ! नुहेको राम्रो ।