18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा. नवराज सुब्बा November 21, 2009, 12:06 am
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु

हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुवै आँखामा आँसु एकै बगेनन् कि क्या हो

आफूलाई नै घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो

गलामा म बस्दा बस्दै चुँडिएको माला बनेंछु ।

सत्याग्रहमा कहिल्यै बस्दै बसेको म होइन

ओढेकै थिएँ घामछाँया हाड छाला बनेंछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।