18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भूपेन्द्र नीराजन November 20, 2009, 1:10 am

जे जे भन्यौ सबैथोक मानेर भुल गरिएछ ।

हजारौँमा तिमीलाई छानेर भुल गरिएछ ॥

बिराएर मुल बाटो चिप्लिएर लडेकीथ्यौ ।

समातेर हात फेरी तानेर भुल गरिएछ ॥

तिम्रो पछि नलाग् भन्दै संझाउन खोज्नेलाई ।

झोक्किएर उल्टै ढुङगा हानेर भुल गरिएछ ॥

तिम्रा बारे चर्चा गर्ने साथी भाइ सबैलाई ।

सबैभन्दा ठूलो शत्रु ठानेर भुल गरिएछ ॥

जे जे भन्यौ सबैथोक मानेर भुल गरिएछ ।

हजारौँमा तिमीलाई छानेर भुल गरिएछ ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।