तिमी बाहेक पिरतिको गीत मैले गाएको छैन
सत्य ठान अरुसँगप्रीत मैले लाएको छैन ।
हृदयको पानाभरी नमेटिने बाचाहरु
दिलभित्र अरु कुनै गैर आँखा छाएको छैन ।
लामो यात्रा जिन्दगीको कोलाहल र भिडहरुमा
न्यानो माया तिम्रो बाहेक कहींबाट पाएको छैन ।
आफ्नो भन्नु पनि तिमी पराया पनि तिमी
अंगालोभरिको माया साट्न कही पनि धाएको छैन ।
अमेरिका