18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खेमराज नेपाल November 14, 2009, 11:37 pm

एउटा प्रश्न गर्नु थियो गोप्य वात भन्नु थियो ।

दीलको नाता कसोगरी तिमीसँग जोड्नु थियो ।।

सुन्छु तिमी फूल जस्ती जून जस्ती शीतल अझै ।

सवै गाउछन् तिम्रो गीत प्रीत मैले लाउनु थियो ।।

डाँडा माथि माथि चडे सागर बेसी कति कति ।

धर्ती पाताल कही छैनौं स्वर्ग अझै खोज्नु थियो ।।

कुन मन्दीरकी देवी तिमी कहानेर वासस्थान ।

भेट्ने गरी आउदा खेरी मन्को माला गाँस्नु थियो ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।