अरुको दु:खमा रुदा रुदै आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे आफै जिउदो लास भए !
बाच्नु पनि तड्पी-तड्पी आफूले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी आँशु सरी बाड्नु पर्ने
सबले देख्छन् हाँसो खुसी बाचेकोछु पल-पल मरी
फाट्ने मन केले सिलाउ च्याती रहन्छ घरी-घरी !
दवाईसँग रोग साटदैछु रात दिन पर्खी ऐले
ओइलिए पछि फुल्ने आसमा बिताउदैछु बाँकि जिवन मैले
पुछेर आँशु सकिन कहिले मनको मन्दिर जले पछि
पुजेर ढुङ्गा पाइन जिवन रोगले भित्रै खाए पछि!
अस्टिन, अमेरिका