18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सबिन सिंह November 12, 2009, 7:54 pm

आँखा चिम्लनु र खोल्नुको के अर्थ रह्यो ।

पत्थरको मूर्तीसँग राख्न बाँकि के तर्क रह्यो ।।

बलियो गाँठो नफुस्किने भन्थे,चुँडिएछ ।

मनै मारिगएपछि राख्न बाँकी के शर्त रह्यो ।।

सपनाको जहाजमा सयर गर्ने रहर अझै छ ।

अनिश्चित विपना,मनलाइ डस्ने सर्प रह्यो ।।

संसारको घेरा तिम्रै वरिपरि बुनेको थिँए ।

तिमीबिना शरद पनि मेरो लागि नर्क रह्यो ।।

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।