18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भूपेन्द्र नीराजन November 11, 2009, 12:15 am

भटभटेमा चढेर घुमौँ न डार्लिङ्ग

अंगालोमा बेरिएर चुमौँ न डार्लिङ्ग

तिम्रो साथमा देखेदेखि रिसले सारै चुर छन

रावणै हुन तिम्रा बा त बुढा साह्रै झुर छन्

चिहाएर हेर्छन कैले दोबाटोमा कुर्छन

देखे भने खाल्डो खनी ज्युँदै मलाई पुर्छन

पिरतीको नशामा झुमौँ न डार्लिङ्ग

भटभटेमा चढेर घुमौँ न डार्लिङ्ग

हाम्रो बीच ठडिएका पर्खाल जति नागम

कति डर मान्नु अझै अव बाटो लागम

मनकामना मन्दिर जाउँ एउटा वर मागम

एउटा निधो गरम प्यारी आजै राती भागम

भटभटेमा चढेर घुमौँ न डार्लिङ्ग

अंगालोमा बेरिएर चुमौँ न डार्लिङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।