18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत डा. नवराज सुब्बा November 7, 2009, 12:52 am
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

सिङ्गो जीवन वलिदान दिनेलाई सलाम

जनता र देशका लागि मर्नेलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

समानता र न्याय खातिर लड्दालड्दै मर्‍यौ

यस्त वीर सपुतलाई लाखौं लाख सलाम

जनता र देशका लागि मर्नेलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै

आफ्ना हक खोस्नेसित हरदम लड्दै

हार कैले नमान्ने योद्धालाई सलाम

जनता र देशका लागि मर्नेलाई सलाम ।

शोषित पीडित जनताको आत्मवल भर्ने

दीन-दुःखीका सपनालाई अति माया गर्ने

भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम

जनता र देशका लागि मर्नेलाई सलाम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।