18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिनेश राज ज्ञवाली November 5, 2009, 2:17 am

चोखो माया बोकी आउँछु

बाँकि सास रोकी आउँछु ।

हराउने है अब हामी

घर ताल्चा ठोकी आउँछु ।

हेर्न लगाई हात चिना

तिथि गते तोकी आउँछु ।

तिम्रो सुख मेरो संसार ।

यहि पाठ घोकी आउँछु ।

दिनेशले सोध्दा लाजले ।

भन्यौ ओठ टोकी आउँछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।