18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा. हरिप्रसाद भण्डारी November 2, 2009, 11:34 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

धेरै युद्ध भए यहाँ पार तर्न सकिएन

यो देशको अभावमा भाव भर्न सकिएन ।

यो देशलाई धेरै माथि उठाउने मन थियो

सकुनीको छल सधै, पासा हर्न सकिएन ।

आतङ्कले पन्जा फिजाई ऐया आत्थु गराउँदा

रगत बग्ने घाउ माथि मलहम छर्न सकिएन ।

धेरै रगत दान भयो आफन्तलाई बचाउन

देशको लागि एक थोपा दान गर्न सकिएन ।

लाग्छ सारा जीवन अब देशकै लागि अर्पण गरुँ

तर सहिद हुने गरी अघि सर्न सकिएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।