18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत उमेश राई 'अकिन्चन' November 1, 2009, 8:59 pm

माटो छोडी भाग्य खोज्दैं कहाँ–कहाँ पुग्छ मान्छे

धेरै टाढा पुगेपछि देश सम्झी दुख्छ मान्छे

पराईको आकाशभरि दुःख छोप्ने तारा होला

आफैँलाई भुल्ने गरी सुख–सयल सारा होला

तर पनि आफ्नो माटो मुटुभरि बोक्छ मान्छे

माटो छोडी भाग्य खोज्दै कहाँ–कहाँ पुग्छ मान्छे

जति पर पुगे पनि आफ्नो घरको सङ्घार प्यारो

सबै–सबै भए पनि परदेशको जङ्घार सारो

आफ्नो देशको नक्शालाई श्रद्घाले ढोग्छ मान्छे

माटो छोडी भाग्य खोज्दै कहाँ–कहाँ पुग्छ मान्छे ।

बिराटनगर, हालः र्कीतिपुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।