नझर्दै फुल चढाउ मन्दिरमा
नसर्दै भुल चढाउ मन्दिरमा !
दृष्टि अनेक, यथार्थ एक
नजरको धुल चढाउ मन्दिरमा
नहासी जिबन जिउनु के ?
जिबनको शुल चढाउ मन्दिरमा
लानु के छ खाली हात !
स्वार्थको हुल चढाउ मन्दिरमा
नलडी उठ्नुको मजा कहाँ
हारको तुल चढाउ मन्दिरमा
लुकाइ कस्तुरी खोज्नु छ के ?
दु:खको मुल चढाउ मन्दिरमा