वादल झैँ उड्छु भन्छ्यौ झरना झैँ झर्छु भन्छ्यौ ।
आकाशका तारा टिपी पोल्टा भरी भर्छु भन्छ्यौ ॥
बरालिन्छ्यौ किन त्यसै भावनामा बहकिन्छयौ ।
यो मायाको सागर एक्लै पौडिएर तर्छु भन्छ्यौ ॥
यथार्थमा बाँच्न सिक्नु पर्छ भन्दा के गल्ति भो ।
हेलाँ गर्यो भन्छयौ ब्यर्थै झुन्डिएर मर्छु भन्छ्यौ ॥
छँदै छैन के दिउँ त भएको सब सुम्पिसकेँ ।
नयाँ साथी खोजी किन अन्तै डेरा सर्छु भन्छ्यौ ॥
शंका लाग्छ अचेल तिम्रो आनी बानी बदलियो ।
ठिक्क पार्न मात्र मलाई धेरै माया गर्छु भन्छ्यौ ॥
पो.ब.नं.- १०४५४, काठमाडौँ