भैँ झरेको पात रै’छ जिन्दगी
सपनीमा गरेको बात रै'छ जिन्दगी
बगैँचामा फुलेको सुन्दर फूल ठान्थेँ
दुर्गन्ध फैल्याउँने जात रै'छ जिन्दगी
हातेमालो गरेर जीवन बिताउँ भन्थेँ
आफैँ भोग्नुपर्दा घात रै’छ जिन्दगी
दुःखसुख सिक्काको ठान्थेँ दुईपाटो
मुटुभरि पीडाको खातैखात रै’छ जिन्दगी
बुझ्न चाहेँ जिन्दगी केके नै हो भनि
सौदाबाजी गरिने हाट रै’छ जिन्दगी
२४ अक्टुबर ००९