18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आनन्द अस्मानी October 15, 2009, 7:00 pm

पीरतीको बात मीठो

पीरतीकै घात मीठो ।

चुम्नपाए निष्ठुरीको

छोडिएको हात मीठो ।

सँगै हिँड्ने सहेलीको

कुरा मीठो, जमात मीठो ।

कहिलेकाँही एकान्तमा

विताएको रात मीठो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।