चरी भई उड्न सके तिहारमा आउँथे होला
सेल रोटी कटुस ओखर मैले खान पाउँथे होला
धेरै बर्ष भई सकेछ दिदी बहिनी नभेटेको
यसपाली त भाई टीका मैले पनि लाउथे होला
झिलीमिली रातभरी मादलुको तालमा
संगी साथीसँग मिली देउसी भैलो गाउथें होला
सयपत्री र मखमलीको माला सजाई छातीभरी
अजम्बरी जीवनको आशिष पनि पाउँथे होला