एक घुट्को पानी पिउन खुन बेच्छौं अरे अचेल,
तिहुनको नुन किन्न सुन बेच्छौं अरे अचेल ।
ओठ भरि हासो बोकि हाँस्थ्यौ अस्ति अस्ति,
मन बाल्न भनि तिमि जून बेच्छौं अरे अचेल ।
फूल रोप्यौ काँडा फल्यो,चिनी चुक भयो,
बैगुनीलाई तिर्न पनि गुन बेच्छौं अरे अचेल ।
फुटेका छन् पैताला सुसेली गीतहरुमा,
थाहै नपाई बाँसुरीको धुन बेच्छौं अरे अचेल ।
साउनको झरी उस्तै चैतको धुप पनि,
हिंउदको स्याँठ छेक्न ऊन बेच्छौं अरे अचेल ।