18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान October 14, 2009, 12:39 am

उकालो ओरालो आउँछ जान्छ

एकचोटी पालो आउँछ जान्छ

त्यो बेला कसैलाई थाहै हुदैन

बिस्तारै भुइचालो आउँछ जान्छ

सङ्घर्ष गरेर बाँच्न सिक

अँध्यारो उज्यालो आउँछ जान्छ

थाहै नहुने कस्तो शिकारी

कुनबेला गोठालो आउँछ जान्छ

अरुलाई किन दोष दिन्छौ

चोर बिरालो आउँछ जान्छ

रेडियो कोहलपुर, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।