18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन October 14, 2009, 12:33 am

जति चुम्यो उती मिठो पिपल पाते ओठ

तिम्रै यादले सताई रहने कस्तो लाग्यो रोग

जति हेर्यो उती राम्री चन्चले तिनको रुप

मन मन्दिरमा बसी दिए बाली दिन्थे धुप

मिठो बोली गाजालु आँखा, मनै चस्स छुने

हाँसी हाँसी बोल्छे जब मोहनी नै लाउने

फूलै पनि फिका लाग्छ किन तिन्लाई देख्दा

एक्लो जिवन अधुरो भा'छ तिमी साथ नहुदा

गोधुलीमा तिम्रो रुप प्रिय लाग्छ जस्तै जुन

जति सुन्यो झनै मिठो मायामा पिरतीको धुन

अस्टिन, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।