पाईदैन पुण्य त्यसै फुल चढाएर
वग्छ कहाँ मनको वह आँसु वगाएर
जव काट्यो समाजले हाम्रो प्रेमको कुरा
टाढा भयौ सारा दोष मलाई लगाएर
जस्ले भन्थ्यो पिरतीले जीवन मगमगाउँछ
छाड्यो उसले ह्रदयमा घाउ वनाएर
पिरतिको गोरेटोमा अव पाईला चल्ने छैनन्
वाच्ँन सक्छु अव एक्लै मुटु जलाएर
रुदाँरुदँै तिमी आयौ हास्न सिकायौ
पहाड फोर्दै पीरहरुको बाँच्न सिकायौ