18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिनोद खड्का October 6, 2009, 9:00 pm

मदिरा भनी म पिईरहेथे जहर पो रहेछ

नशा भनी म ढल्मलिएथॆ रहर पो रहेछ

कामुक तिम्रा प्रस्तुती, नसालु चालहरु

फोहोर नाली बटुलेर बहने नहर पो रहेछ

लैला मजनु र रोमियो जुलियट नक्कल गर्थीन

स्वार्थै स्वार्थले च्यापिएको बहर पो रहेछ

प्रेमको पवित्र यात्रा भनी अझै अघी बढिरहेथे

बॆदाग जीन्दगीमा बदनामीको ठहर पो रहेछ

हर रात जवानीमा फर्किन्छ डिस्को क्लव भन्थे

परिचय गुमाएर बाँच्नेहरुको शहर पो रहेछ

हाल - दोहा कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।