18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा October 6, 2009, 8:51 pm

घना मेरो केशराशी भित्रै सधैं हराउ तिमी

हावाको चिसो स्पर्श बनी छुन आउ तिमी

हुनेछु म सधैं तिम्रै पर्खाइमा हरप्रहर

मीठो पवन बनेर सदा म सामु छाउ तिमी

निश्चल तलाउ छ यो मन न त माझी छ कोही

डुंगा मनको निश्चिन्तले अब चलाउ तिमी

ग्रसित छु सधैं म बिछोडको त्रास र चिन्ताले

जाँदैछौ खुशी लिइ नभुल्ने कसम खाउ तिमी

(अमेरिका )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।