18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केशब आचार्य October 6, 2009, 8:43 pm

बैँशालु त्यो उमेरमा तातो हावा चल्न सक्छ

मात धेरै चड्यो भने जवानी त्यो ढल्न सक्छ

पुर्णिमाको जूनसँगै मन्द मन्द हिँडे पनि

सामिप्यमा दुई जोवन तात्तिएर बल्न सक्छ

चिसो हुन्छ कहिलेकहीं बाधिएको रात पनि

एक्लो मन कहिले काहीं आगोसरी जल्न सक्छ

मनै त हो ढुङ्गासरी जत्तिसुकै बाँधे पनि

चिसो हुन्छ फलाम तर भट्टी भित्र गल्न सक्छ

(अमेरिका )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।