पुरानो भए गलबन्दी हजुर उधारे हुन्छ
मन भित्र मैलो भए मनैले बढारे हुन्छ
हर साँझ तिम्रो बैठक मधु साला भित्र
मत्ति बिग्रे बिस्तारै बाँनि सुधारे हुन्छ
आज मात्र होइन दिन भोलि बाँकीनै छ
कैले प्याला नरित्याइ दिन गुजारे हुन्छ
जिन्दगीको बाटो लमतन्न तेर्सि रहेछ
समयले छाडि सक्यो चेत उघारे हुन्छ
इन्देणीपोखरी ३, खोटाङ्ग दिक्तेल