18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल देवराज लामिछाने 'साइप्रेस' October 5, 2009, 12:03 am

लाखौंमा एकछिन प्रीत काली

हर धड्कन सँगै मीत काली

संगीत बनी गुन्जन्छु म

सुनमा सुगन्ध गीत काली

जून हुँ म उदाउँछु साँझमा

जुनेली रातकी शीत काली

बसेकी छन आँखैमा उनी

नबिज्ने कस्ती हीत काली

प्रेममा हार धेरै नै देखे

मेरो त साच्चै जीत काली

रामनगर-७, नवलपरासी

हाल: एडिलेड, अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।