18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भिम न्यौपाने October 4, 2009, 11:56 pm

मिसाबट हुन्छ जुनमा पनि

ख्याल गर्नु नम्बरी सुनमा पनि

सहयोग पाउदैमा खुसि नहुनु

कपट हुनसक्छ गुनमा पनि

यो कस्तो समाज छ है हाम्रो

फरक छुटाउछन खुनमा पनि

महँगीले नै आकास छुदै गयो भने

अँशबँढ हुन्छ एकदिन नुनमा पनि

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।