दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।
'हैलो.... हो˜ म.. विनोद ए˜˜ ।
फोनमा परिचित महिलाको स्वर सुन्नेबित्तिकै म रोमाञ्चित र उद्वेलित हुन पुग्दछु । साहित्यकार सरिताको स्वर - उनी भर्खर उदाउँदै गरेकी भविष्यको राम्रो नारी साहित्यकार हुन् । उनीसँग साक्षात्कार हुँदा वा फोनमा स्वर सुन्दा मात्रै पनि मेरो मेसिनजस्तो शरीरमा प्राण भरिएर आउँछ । म उनीसँग अतीतमा पुग्छु । उनीसँग साक्षात्कार भएको समयमा म आफूलाई सबै बन्धनबाट मुक्त भएर अर्कै संसारमा छु जस्तो लाग्दछ । अनि सधै यथार्थबाट टाढा रहुँ जस्तो लाग्छ । तर यो सम्भव छैन ।
फोनमा कुरा लम्बिन्छ ।
"ए˜ भेट्ने.. कहाँ - मैले हो˜˜ हुन्छ नि... ।"
फोनमा नचाहँदानचाहँदै मैले कुरा टुङ्ग्याउनु पर्ने हुन्छ । उनले फोनमा भनेकी थिइन् । मैले उनको सिर्जनशील मस्तिष्कमा सिर्जनाका बीउ छरिदिएँ अरे । म अचम्ममा परेँ । यो कसरी सम्भव भयो होला , बितेको हप्ता मेरो उनीसँग भेट्ने योजना त थियो तर भेट हुन सकेको थिएन । भेटै नहुँदा कसरी मैले उनको मस्तिष्कमा सिर्जनाको बीउ र्छन पुगेँ । कल्पना गर्दागर्दै भोलिको एघार बजेको प्रतीक्षामा आफूलाई निन्द्रादेवीको शरणमा पुयाउँछु ।
ठीक ठाउँ अनि ठीक समयमा हाम्रो भेट हुन्छ ।
"कतै बसेर गफ गरौँ न ।"
" हुन्छ जाऔँ न " भन्दै नजिकको केविनवाला रेस्टुरेन्टमा हामी पस्यौँ ।
परिचित ठाउँमा एउटा महिलासँग रेस्टुरेन्टमा पस्दा मलाई केही असजिलो अवश्य महसुस भयो । किनभने यसरी रेस्टुरेन्टमा पस्ने समय त मेरो छोराको थियो । तर मैले ती सबै कुरा उनको उपस्थितिमा बिर्सिदिए ।
"के खाऊ, तातो कि चिसो -" उनले मेरो असहजतामा स्वभाविक व्यवहारले शब्दको प्रहार गरिन् । चिसो सिरोटोले बिदा माग्न गाह्रो मानिरहेको समयमा चिसो हैन , तातो खाने सल्लाह भयो ।
"तपाईँलाई भेट्न मैले पहिलो हप्तादेखि नै कोसिस गरिरहेकी थिए“ , विनोद सर । तर भेट भएन, एउटा कुरोचाहिँ पक्कै भयो ।"
"के कुरा सरिताजी - तपाईँले हिजो फोनमा पनि भन्दै हुनुहुन्थ्यो नि, म त सुन्नलाई एकदम उत्सुक भइरहेछु । "
"कुरा खास केही होइन, साधारण हो विनोद सर, तर यसभित्र हाम्रो समाज यहाँको नारीहरूको मानसिकता अनि सिङ्गो देशको संस्कृतिको कुरा आउँछ । "
उनी भन्दै गइन्- "थाहा छ विनोद सर , अस्ति तपाईँलाई फोन गर्दा भाउजूले मप्रति कस्तो व्यवहार गर्नुभयो । तपाईँले भोलिपल्ट भेट्ने सम्भावना छ भन्नुहुँदा म विराटनगर आएँ अनि फोनमा भाउजूलाई मसँग भेट्ने कुरा थियो, भन्दा त्यससमय तपाइहरू दुईजना बाहिर जाने कार्यक्रम रहेछ । तपाई“प्रति वहाँको अविश्वास मौलाएर हो वा के भएर हो - वहाँले मलाई अत्यन्त शङ्कालु व्यवहार गर्नु भयो..... तर म रिसाइन, विनोद सर ... किनभने हाम्रो देशको अधिकांश महिलाहरूको प्रतिनिधित्व भाउजूले गर्दै हुनुहुन्थ्यो । यस्ता महिलाहरूप्रति मलाई रिस हैन दया र सहनुभूति जागेर आउँछ । "
"ओहो ! यो ठीक भएन सरिताजी.., तपाईँ हाम्रोबीचको यति राम्रो मित्रतालाई दोषाउनु पाप हो । म त्यसको लागि तपाईँसँग माफी माग्छु ।"
"हैन विनोद सर, यो स्वाभाविक हो अनि यथार्थ पनि । यसमा तपाईँजस्तो वरिष्ठ साहित्यिक व्यक्तित्वले मजस्तो एउटा कनिष्ठ व्यक्तित्वसँग माफी माग्नुचाहिँ पाप हो । किनभने यो एउटी नारीले अर्को नारीप्रति गरिएको व्यवहार हो । यो हामीले नै सचेत भएर सुल्झाउनु पर्दछ । हुनसक्छ मैले पनि कुनै नारीलाई आफ्नो श्रीमान्लाई सोध्दा नजानेर यस्तो व्यवहार गरिएको हुनसक्छ ।"
"तर पनि हुँदैन सरिताजी˜ , तपाईँजस्तो एउटा पारिवारिक जिम्मेवारी बोकेकी , अफिसियल दायित्व बोकेकी , साहित्यिक फाँटमा चम्किलो ताराझैँ उदाउँदै गर्नुभएकी नारीमाथि विसगतिग्रस्त भएको नारीले अपराध चिताउनु पनि पाप हो ।
"होइन विनोद सर, तपाईँ यसलाई अन्यथा नलिनुहोला । यस्ता कुरालाई एउटा नारी साहित्यकारले सजिलै पचाइदिनु पर्दछ । यदि पचाउने शक्ति उसमा छैन भने साहित्यिक खुराकलाई परिमार्जन गर्ने शक्ति नै उसमा हुँदैन । हामी साहित्यिक मान्छे यस्तै कुराले संवेदनशील हुन्छौ । अनि भावानालाई शब्दस“ग साइनो गाँस्दै सिर्जना फुराउँछौ । अब हामी यसै कुरामा केन्द्रित नबनौँ । बरु अन्य व्यक्तिगत कुरा गरौँ न ।"
म सरिताजी र मेरो श्रीमतीबीच तुलना गर्न पुग्दछु । मेरी श्रीमती घरधन्दामा सीमित, लोग्नेको कमाइमा खटाइखटाइ घर्रखर्च गर्नुपर्ने अनि घरको चार पर्खाललाई नै संसार मानेर रमाउनु पर्ने मानसिकताले थिचिएकी नारी । अनि कहाँ सरिताजी आफनो जागिरले अर्थिक सम्पन्नता भएकी, आधुनिक नारीको प्रतिनिधित्व गर्दै जीवनको सत्य र खुशी खोज्दै हिँड्ने नारी ।"
"विनोद सर कहाँ हराउनुभयो तपाईँ... -" उनले मेरो कल्पनाको तन्द्रा चुडाइदिइन् । मैले कुरो बङग्याउदै भने- "हैन सरिताजी तपार्इँ र तपाईँको श्रीमान्मा यस्ता कुराले असर पार्छ कि पार्दैन । जस्तो कि तपाईँ मलाई भेट्न एक्लै आउनुहुन्छ अनि तपाईँको श्रीमान पनि अफिसियल कामले कति महिलासँग बाहिरिनुहुन्छ होला ।
"हो विनोद सर , हामी यस्तै गफ गरौ न ।"
उनी भावुक हुँदै भन्न थलिन्- "हेर्नोस्, न म यसरी कति एक्लै हि“ड्छु कहिले कहाँ - कहिले साहित्यिक कार्यक्रममा एक्लै हिँड्छु । तर हामीबीच दुइ आत्मालाई जोड्ने विश्वासको एउटा दह्रो झोलुङ्गे पुल छ । जुन पुल छोराछोरीको माया, पारिवारिक दायित्व अनि सामाजिक प्रतिष्ठाले बनेको छ । त्यो पुल चुडिने सम्भावाना नै छैन । हुनसक्छ कहिलेकाहीँ हल्लिन्छ अनि त्यो हल्लिने स्थिति बढी भयो भने चुडिन पनि सक्छ त्यसैले त्यसकोलागि हामीले आफूलाई स्थिर पार्नुपर्दछ । कहिलेकाहीँ मैले खोजेको कुरा उसमा भेट्दिन अनि उसले खोजेको कुरा ममा पाउदैन । हामी त्यसको विकल्प खोज्न थाल्दछौँ । हाम्रो विवाह भएको एकदुर्इ वर्षगर्दै केहीवर्षबितिसक्यो । सुरुमा जस्तो रोमाञ्चकता अनि त्यो अनुभूति हामीमा नहोला किनभने सधैसँगै बस्दा कतिकुरा हराउन पुग्दछ अनि कतिकुरा जन्मन थाल्दछ । हामी त्यो उदासिनता र निराशाबाट बच्न चाहन्छौँ । तर त्यसको मतलब परपुरुषगमन र परस्त्रीगमन होइन । त्यो म पटक्कै मान्दिनँ । जीवनलाई नयाँ उर्जा दिने अनि सिर्जनशील क्षमता बढाउन म तपाईँसँग आएर केही क्षण आफ्नो मस्तिष्कमा उर्जा थप्ने काम गर्छु किनभने म भावुक र संवेदनशील नारी पनि हु । त्यसरी नै ऊ पनि सम्भवत आफूलाई स्फूर्त राख्न र उर्जा थप्ने काम यसरी नै गर्छ होला । हामीले हाम्रो दुइको व्यक्तिगत स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गर्दैनौँ यदि त्यो सामाजिक मान्यता भन्दा बाहिर छैन भने । हामी आधुनिकतामा रमाउन चाहन्छौ तर पूर्वीय सभ्यतालाई भुलेर हैन ।"
म सरिताजीको गफमा लटि्ठन्छु । एउटा सपेराको अगाडि र्सप लटि्ठएझैँ । सायद मेरो वैवाहिक जीवन पनि यस्तै भैदिएको भए एउटा विदत्व नारीको अगाडि मैले श्रीमतीको कारण लज्जित हुनुपर्ने थिएन । अनि उनले गरेको श्रीमान् र श्रीमती बीचको समझदारीको कुरा हाम्रोलागि आकाशको फलजस्तै थियो । तर पनि पुरुषप्रधान समाजमा जन्मेको मैले आफनो पुरुषत्वको उपभोग र व्यक्तिगत स्वतन्त्रताको फाइदा मनग्गै उठाएको छु ।
उनले फेरि मलाई आर्कषित पार्दै भनिन्- "विनोद सर साहित्यकारले जतिसुकै कठोर सिर्जना गरे पनि उसको हृदय शिशा जस्तै नरम हुँदो रहेछ हगि -
म आफनो तन्द्रा टुटाउँदै 'हो' भन्न पुग्दछु । तपाईँसँग बसेर यस्तै गफ गर्न अनि आफनो विश्वासमा ठेस पुगेको कुरा गर्दा मलाई असाध्यै आनन्द आउँछ । किनभने एउटा साहित्यकारको हृदय बुझ्ने व्यक्ति पनि साहित्यकार नै हुनुपर्दछ । जस्तो लाग्छ किन हो मलाई साहित्यिक रुचि नभएको व्यक्तिमा संवेदना हुँदैन , हृदय नै हुँदैन अनि आत्मा नै हुँदैन जस्तो लाग्छ , विनोद सर ।"
"तपाइँले भन्नुभएको यो कुरा अलिक ठीक लागेन सरिताजी मलाई । किनभने सबै व्यक्तिमा साहित्यिक रुचि हुन्छ नै भन्न सकिदैन तर त्यो नहुँदैमा उसमा कुनै कुरा हुँदैन भन्ने होइन । व्यक्तिको आआफ्नो जीवनलाई हेर्ने दृष्टिकोण हुन्छ अनि बाँच्ने शैली पनि । यसैमा ऊ रमाउँछ । यस्ता कुराको चिन्तन तपाई“ बिस्तारै गर्दै जानुहुनेछ । तपाई“को परिपक्वतासँगै यी कुरा माझिदै जानेछ सरिताजी । अहिले तपाईँले भन्नुभएको जीवनप्रतिको तपाईँको जुन दर्शन छ नि त्योचाहिँ मलाई खूब मन पर्यो तर तपाईँले भन्नु भएजर्स्तै र सोच्नु भएजस्तै सबैको जिन्दगी हुँदैन । त्यसैले जीवनको भोगाई पनि सबैको आ-आफ्नै खाले हुन सक्छ, सरिताजी ।
"विनोद सर, हो यस्तै साहित्यिक ज्ञान बढाउन म तपाईँलाई दुःख दिइरहन्छु । अन्यथा नलिनु होला । अनि तपाईँको हौसला , प्रेरणाले मलाई थप उर्जा पैदा गर्छ । नत्रभने म शिथिल हुन पनि सक्छु ।"
मैले पनि आफूले उनलाई भेट्दा बेग्लै अनुभूति आउँने कुरालाई आधा पचाएर आधा मात्र ओकले- "हो सरिताजी तपाई“सँग भेट्दा मलाई पनि मेरो साहित्यिक फाँटमा केही मलजल पुगेको अनुभूति हुन्छ ।"
"विनोद सर , हामी धेरै बेर गफ्यौ । अब मेरो हिँड्ने समय भइसक्यो । कुनै विदाको समय मिलाएर फेरि भेटौला हुन्न र -"
मैले मुख अमिलो पार्दै उनलाई बिदा गर्ने कुरामा सहमति जनाएँ । तर घरमा फर्केपछि एक तमासको भए कुनै खोलाले बगाएर किनारामा फ्याकेको डुङ्गाजस्तो सरिताका हरेक कुराहरू कानमा एकनास रिङ्रिगाइ रहे । मलाई कुनै सपनाबाट ब्युँझिए जस्तो लाग्यो । भित्र कताकता आफैँलाई सोध्न मन लाग्यो 'के त“ सरितालाई प्रेम गर्न लागिस् - यो उमेरमा तँलाई सुहाउँछ । म अनासय कराएँ सरिता मलाई माफ गर..... ।'