18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिष्णु नन्द चाम्लिङ्ग September 28, 2009, 6:41 pm

साँझको गोधुली फेरी प्रभातको किरण हुन्छ

अँध्यारो औँसी फेरी पूर्णीमाको जुन हुन्छ

मेरो मन तिमी सामु छताछुल्ल पारी रहें

जितेउ कति तिमीले मैले चहिँ हारी रहेँ

चिरा चिरा मुटुलाई जसो तसो पुरेको छु

तिमी आउने बाटोभरी प्यासी बनि कुरेको छु

आफु रित्तिएर पनि तिम्ले मागेउ दिइ रहँे

च्यात्तिएको छाति मेरो झिनो मनले सिइ रहेँ

मन भित्रका ब्यथाहरु गीत बनाइ फुरेको छु

तिमी आउने बाटोभरी प्यासी बनि कुरेको छु

खोटाङ्ग इन्द्रेणी पोखरी ३

हाल: हङ्गकङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।