18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोपाल झापाली September 23, 2009, 8:06 pm
गोपाल झापाली
गोपाल झापाली

दुःख पिउदा दुःखै मिठो, सुख पिए मात लाग्छ

नभेटेकै जाती बरु देखे पछि माया लाग्छ ।

झरी पर्दा मात्र न हो, ईन्द्रेणीले लाली लाउने

सपनाको मात मिठो, बिपनामा नसा छाउने ।

बगैंचाको फूल राम्रो, टिपे पछि पाप लाग्छ

नभेटेकै जाती बरु देखे पछि माया लाग्छ।

शरदको शीत राम्रो, बसन्तको बारी,

यो मनको पाखा भरी छायौ वारी–पारी

छाती भरी तिम्रै माया, दा“या–बा“या लाग्छ

नभेटेकै जाती बरु देखे पछि माया लाग्छ

दमक –झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।