18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दीपक कथित September 23, 2009, 8:00 pm

चिठ्ठीसँगै तिम्रो तस्वीर राखेँ सिरानीमा

साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा ।

सिन्दूर लाएँ सिउँदोमा तिम्रो तस्वीर हेर्दै

दायाँ राखेँ तिमीलाई रातमा कोल्टो फेर्दै ।

तारासँग जून छैन हाम्रो कहानीमा

साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा ।

सपनाका खेती टिप्न गयौ कोसी पारि

एक्लै रून्छन् डुँगाहरू देशकै भाग्य तारी ।

देशले गाउँछ विरह-गीत एकाविहानीमा

साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।