यसपाली नी तिम्रो चोली फेरीएन मेरी सानी
गरिवलाइ यसपालीनी हेरीएन मेरी सानी
धनि मनि जति सबै दशैँ द्धारा घेरीएछन्
ढुङ्गे गाह्रो कमेरोले घेरीएन मेरी सानी
दशैँ आयो भन्थ्यौ तिमी दशा आको रै छ घरमा
नाङ्गो आङ्गमा एक धरो बेरीएन मेरी सानी
अधिकारका कुराहरु हाम्ले जति गरे पनि
सँविधानमा एक अक्षर केरिएन मेरी सानी
कोहि जालान जहाज चढि लाखौँ लाख खर्च गरी
यसपाली त घोर्ले खसि शेरिएन मेरी सानी
साउने चउर –९ खोटाङ्ग हाल दोहा-कतार