ढुङ्गा मुटुमाथी राखेर पनि हेरें
अचानोमा यो छाती राखेर पनि हेरें
जीन्दगी बदल्न मैले के गरिन र ?
मन्दिरमा फूलपाती राखेर पनि हेरें
तेरो पुर्खाको इतिहास खै के छ भन्थे
छेउ छेउमा किँराती राखेर पनि हेरें
मलाई देख्नेले मान्छे होइनस् भन्थे
अनेक अनेक प्रजाती राखेर पनि हेरें
कसैले पागल भन्थे कसैले गजलकार
तिमीहरु जस्तै साथी राखेर पनि हेरें
रेडियो कोहलपुर एफ.एम. बाँके