18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल देवराज लामिछाने 'साइप्रेस' September 21, 2009, 7:35 pm

तिम्रा अधर तयार छन नन्दन पो किन चाहियो

तिम्रो आँचल नै काफी छ बन्धन पो किन चाहियो

खेलिरहुँ जस्तो लाग्ने सुन्दर त्यो वक्षस्थल

न्यानोपन मिलिरा'छ आगो दनदन पो किन चाहियो

जवानीको भल्को छुट्यो तितर बितर भयो क्यार

म स्वयंम नै हाजिर भएँ क्रन्दन पो किन चाहियो

पवित्रताको चाहिन्न प्रमाण कस्ले के भन्ने डर

म स्वयंम नै साक्षी भए चन्दन पो किन चाहियो

ज्यान त एउटा 'साइप्रेस' हजुर तिमी त्यस्को छहारी

यही हामी सन्तुस्ट भए लन्डन पो किन चाहियो

रामनगर-७, नवलपरासी

हाल: एडिलेड, अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।