18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निरोज September 17, 2009, 11:36 pm

हजारीले फूलबारीमा पानी हाल्दै गर्दा देखेँ

लत्रीएको लामो कपाल सँभाल्दै गर्दा देखेँ

अबेरसम्मै उभिएरै बरण्डामा एकटकले

पूणिमाको रातमा जून नियाल्दै गर्दा देखेँ

लचकदार जिउको क्या जादु छ हिडाईमा’ नि

ढल्की हिड्ने मयूरले झै पाइला चाल्दै गर्दा देखेँ

रातो सारीमा सजिएर निस्कईथ्यौ घरबाट

रै’ छ जान मन्दिरमा दियो बाल्दै गर्दा देखेँ

वास्नादार धूप जलाई श्रद्धाले शिर झुकाउँदै

त्यहि कालेलाई पाउ भनि बर माग्दै गर्दा देखेँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।