18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिष्णु नन्द चाम्लिङ्ग September 17, 2009, 11:30 pm

तिमी कहाँ आईपुग्न मायाको डोरी समाउदै छु

सम्झनाले सताउदैछ पर्देश छोडि आउँदै छु

हर–रात सपनीमा तिमीलाई देख्दै छु

क्षितिज पारीबाट चिट्ठी तिमीलाई लेख्दै छु

हाम्रोमाया प्रीतको गीत लैबरीमा गाउदै छु

संहाली राखहै पछेउरी चाँडै म आउँदै छु

जिन्दगीको जंघार तर्न गाह्रो पर्दो रैछ

बिछोड्को पीडा सहदा छाँतिभित्र पोल्दो रैछ

नियतिको खेल सम्झि जिन्दगी संहाल्दै छु

गाउँघरको माया बोकि फर्कि म आउदै छु

इन्द्रणी पोखरी ३, खोटाखोटाङ्ग, हाल:हङ्गकङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।