रानीवनको एकलासमा मेला गर्न आ'की
नागबेली चुल्ठोमा गुराँस सिउरेकी
परी जस्तो रुप तिम्रो, कोइली कण्ठ भ'की
ईन्द्रजालमा पार्यौ कान्छी गीत गाइ गाइ
देवी स्वरुपा छौ तिमी धपक्क बलेकि
बारुली त्यो कम्मरमा क्या बान्की परेकी
गजरजझैं चालमा लसस्क लस्की
ईन्द्रजालमा पार्यौ कान्छी मसस्क्क मस्की
हरिणकाझैं सुहाउने तिम्रा ति नयनी
पोटिला ती वदनमा कस्सिएको चोली
दिल लियौ नजरको तीर ताकि-ताकी
ईन्द्रजालमा पार्यौ कान्छी वैंश बोकि-बोकि
डडेलधुरा, हाल: कोरिया