तिमीलाई नै कल्पी आज रातैभरी जाग्दैछु म
ताराहरु खस्दा तिम्रै लागि खुशीहरु माग्दैछु म
दुनियाँसँग त बिरानो नै थिए तिमीलाई नि गुमाउदा
बिना गन्तब्य नै जिन्दगीलाई एकोहोरो हाक्दैछु म
तिमीबाट जति नै पिडाहरु पाए पनि यो जिन्दगीमा
तिमीलाई खुशी मिलोस भन्दै देवीदेवता भाक्दैछु म
चोटहरुले अति गाह्रो हुँदा गजलमा बहहरु पोखिएनी
सकेसम्म दुनियाँसामू आफ्नो हृदयलाई ढाक्दैछु म
देखाउन नसक्दा तिमीले दिएका घाऊहरु कतै पनि
खाटा नै नबसेर अहिलेसम्म भित्रभित्रै पाक्दैछु म
सबैले अनमोल भन्ने चोला मेरो लागि भिन्न हुँदा
दुनियाँले थुक्ने थाहा हुँदाहुँदै आज यो बाटो लाग्दैछु म
'हार्नू-मर्नू'भनी तिमीले हालेका ती सारा सरापहरु
खेर कतै नजाउन भनी आँफैले काललाई डाक्दैछु म