भत्किँदा भत्किँदै मैदान भएछु ।
म’त तिम्रो प्रेमको बयान भएछु ।
आँशुले भिजेका परेली उघार्छु
आफ्नै आँगनमा चिहान भएछु ।
नदेखे तिमीलाई पनि रुन्छ मन
पागल पागल समान भएछु ।
उडेर जाँउ कहाँ–कहाँ सम्म म
आँधी बेहरी र तुफान भएछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।