18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश बन्जरा 'बिहानी' September 13, 2009, 10:24 pm

बढ्दैछ जवानी झन्झन तिम्रो

सबैले कहानी गर्छन तिम्रो

तारिफ गर्ने छ रे आनी बानी

धिरमा राखे आफनो मन तिम्रो

मोहनी मलाइ पो लगाइ छाड्यौ

कोइली झैँ बोली बचन तिम्रो

खुसि नै बस्छौ खुसाए मलाइ

गरिदिएँ बाचा बन्धन तिम्रो

हसिली सानी के राम्रो बानी

मार्दिन इच्छा मकन तिम्रो

साउनेचउर —९ खोटाङ्ग

हाल: दोहा कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।