तिमीले मन नपराएको भए म अरु कसैको हुन्थ्ये
आँखा जुधाउन डराएको भए म अरु कसैको हुन्थ्ये
गाई गोठालो जुन जङ्गलमा म जान्थ्ये नगई त्यहि
बाख्रा अन्तै चराएको भए म अरु कसैको हुन्थ्ये
एकान्तको भेटघाट हाम्रो बारम्बार हुन्थ्यो जहाँ
कस्दा अङ्गालो कराएको भए म अरु कसैको हुन्थ्ये
गल्ती गर्दा’नि धैर्य गरि सम्झाई रह्यौ सधैँ सधैँ
कान उठबस गराएको भए म अरु कसैको हुन्थ्ये
मन चोरेर कलेजी माझमा लुकाई राखिछ्यौ
अन्त कतै हराएको भए म अरु कसैको हुन्थ्ये
देउराली –३, नवलपरासी