टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो ।
खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ दक्षिणबाट एक झोँका बतास आयो ।
मुटु, फोक्सो, कलेजो, मृगौला विना नेपाल कसरी बाँच्दो रहेछ, हामी पनि हेछौँ – पहाडबाट एउटा तूफान आयो ।
हात विना नेपालले कसरी पेट पाल्दो रहेछ, हामी पनि हेछौँ –कर्णाली तथा पूर्वी पहाडबाट आँघीपूर्वको आभास आयो ।
टाउको विना नेपाल कति सेकेण्ड बाँच्दो रहेछ, हामी पनि हेछौँ – हिमालबाट सिरेटो आयो ।
सबलाङ्ग शरीरका अङ्ग प्रत्याङ्गहरुमा विभाजनको बीऊ रोपियो, एकले अर्कोलाई प्रतिस्पर्धी एवम् विरोधी देख्न थाले ।
थपडी बजाउने, धाप मार्ने र आप्mनो स्वार्थ भजाउनेको मादलको तालमा नाच्दा खुट्टा काटियो, हात काटिए, टाउको छिनियो । क्षणभरमै दर्जनौँ गिद्दहरुले टुक्रिएका प्राणविहिन अङ्गहरुलाई स्वाद मानीमानी लुछ्न थाले अनि डकार्दै चिच्चाएर आत्मनिर्णयको अधिकार सहितको संघीयता जिन्दावाद ।