18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन September 11, 2009, 6:20 pm

बोकियो भारी जिन्दगी भरी उकाली देउराली

सम्झिदा पनि झर्दछ आँसु सुखको चौतारी

सबैको देख्छु हासो खुसी मैरहेछु अभागी

बिताउदैछु नि दुखिया जिबन आँसुले पखाली

चुहियो छानो छैन मानो मुसा कराउने

आङको लुगा आङैमा फाट्दा मान्छे रमाउने

दुखिको दुख कस्ले देख्ने भगवान मुर्तिको

ब्यथा पीडा जिन्दगी रैछ अभागी खप्परको

धर्म गरुँ जातै सानो दिदैन ढोग्नलाई

मागेरै बित्यो सकिएन अधिकार खोसेर लिनलाई

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।