18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत आनन्द अस्मानी September 10, 2009, 8:40 pm

म जीवन नबुझ्ने अबुझ मान्छे

के कुरा बुझ्नु र तिम्रो मनको ।

आँखा टोलाउँ पनि

खोल्दिनौ मुख कत्ति

झन् अत्तालिन्छु म

लजाउँछौ तिमी जत्ति ।

म केही नदेख्ने अन्धो मान्छे

के बयान गरुँ तिम्रो मुहारको ।

हिमाल जस्तै भनुँ भने

पग्लिन्नौ हिँउ बनी

आकाशको जून भनुँ त

छोपिन्नौ कहिल्यै पनि ।

म जीवन...............

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।