18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिष्णु नन्द चाम्लिङ्ग September 8, 2009, 8:03 pm

सम्झि तिमीलाई खोजि रहें यो बिरानीमा

तिम्रो मुहार लुकाई रहेँ मनको निगरानीमा

मायालु शब्द वोल्दा अधर नै मुस्काएर

छाडि गयौ तिम्रो प्रतिविम्ब समेत बिलाएर

तिम्लाई खोजें भिडहरुमा म आफै हराउदै

मनको ब्यथा काहाँ पोखु कसलाई सुनाउदै

आए हुन्थ्यो सुनगाभा झैं चौबन्दीको तुनामा

छन् कि कतै पिरतीको भाषा मनको कुनामा

शीरफूल झै झरि गयौ दोबाटो यो बिरानीमा

हेर्ने गर्छु तिम्रो तस्बीर राखि सिरानीमा

खोटाङ्ग– इन्द्रेणी पोखरी– ३, हाल हङ्गकङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।