खडेरीमा घामको कुरा नगरेकै जाती
बैगुनीको नामको कुरा नगरेकै जाती
एकलासमा छाडि जाने रैछ बैमानी
निष्ठूरीको गामको कुरा नगरेकै जाती
तिम्रो मेरो हाम्रो भन्दै सारा मेरो भन्ने
बैमानिको कामको कुरा नगरेकै जाती
तिता मिठा जिन्दगी आधा जीइ सकियो
मिलन त्यो सामको कुरा नगरेकै जाती
इन्द्रेणीपोखरी ३, खोटाङ्ग
३० जूलाइ ००९