गाए गजल भनी तिम्रो गीतलाई
सजाए महल भनी तिम्रो प्रीतलाई
भत्किजाने बालुवाको बाँध यो होइन
पुष्प गुच्छा चढाइ दिए तिम्रो रीतलाई
कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ
म त आफ्नै ठानिदिन्छु तिम्रो जीतलाई
सबैतिर शान्ति छर्दै प्रजातन्त्र आऊ
थोपा पिइ 'बल' अमृतझैं, तिम्रो शीतलाई
डडेलधुरा
हाल: कोरिया