रुप तिम्रो चाँदनीझैं हेरिरहूँ जस्तो लाग्छ
ओठ तिम्रा गुलाबी ती चुमिरहूँ जस्तो लाग्छ
कम्मर भा'को बारुली त्यो सून्दर खम्बामा
वशन्तको लता जस्तै झुलिरहूँ जस्तो लाग्छ
फुली नाकको चमक दिने हेरि-हेरी कन
मोहिनी त्यो चक्षु तालमा पौडीरहूँ जस्तो लाग्छ
छेउ तिम्रो पुगिकन असिन-पसिन बन्दा
छाँयामुनि ज्यानको लौ बसिरहूँ जस्तो लाग्छ
डाँडा-बेसी, खोँचतिर नजरको तीर लाग्दा
सौम्य त्यो हिमशैलमा खेलिरहूँ जस्तो लाग्छ
उफ्रि-उफ्री हरिनझैं खेल्दा थाके पछि पनि
डाँडामुनि चौतारीमै बसिरहूँ जस्तो लाग्छ
डडेलधुरा
हाल: कोरिया